करुणाको ‘बरण्डामा तिमी’ वाचन
Solo Poetry Recitation 'Barandama Timi' Concludes
धरानलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेकी भोजपुरकी कवि करुणा राईको एकल कविता वाचन सम्पन्न भएको छ। ‘बरण्डामा तिमी’ शीर्षकमा आयोजित एकल कविता वाचन कार्यक्रममा करुणाले आफ्ना १० थान चर्चित कविता पस्किेकी थिइन्। ‘जुत्ता’ शीर्षक कविताबाट वाचन आरम्भ गरेकी उनले ‘आमा’, ‘दाइजो’, ‘अस्पतालमा आप्पा’, ‘भ्रम’, ‘आँसु’, ‘घाइते सम्झना’ सुनाएर दर्शक तथा स्रोतालाई भावुक, नोस्टालजिक र गम्भीर बनाएकी थिइन्।
"The solo poetry recitation event of Bhojpur-born poet Karuna Rai, who has made Dharan her creative base, successfully concluded. Under the title 'Barandama Timi', Karuna presented 10 of her celebrated poems. Beginning with 'Jutta' (Shoes), she recited 'Aama' (Mother), 'Daijo' (Dowry), 'Hospital ma Appa' (Father in the Hospital), 'Bhram' (Illusion), 'Aansu' (Tears), and 'Ghaite Samjhana' (Wounded Memories), moving the audience to deep emotion and nostalgia."