शीत स्नान गरेर
चिटिक्क परेका छन् - फूलहरु?
फूलकाे हाँगा हाँगामा झुन्डिन्छ - घाम
फूलकै बासना खाेसेर
यताउती उडिहिड्छ हावा
पखेटाकाे झ्याम्टा बजाउँदै आउँछ
र फूलहरुसंगै नाच्न थाल्छ - पुतली
फूलकै थुङ्गामा खुराक खाेज्छ
भाेक पहिल्याउदै आएकाे - माहुरी
म मुकदर्शक भएको छु
बगैंचामा
करुणा राई // कविता अभिलेखालय // RECORD #22