चाेरेर सपनामा तिमीलाई

खुब मिहनेतले पढ्नु छ अनुहार

कहाँ कुन नसाकाे बाटाेमा

धकालिदियौ मलाई

तिम्राे हत्केलामा म छुटेकाे

रेखा कुन हाे

कहाँ पुगेर टुङ्गिएकाे छ

मेराे आयु

सबै पढ्नु छ

के !

तिम्रो निधारमा लेखिएको नाम

साच्चै मेराे थिएन ?

करुणा राई // कविता अभिलेखालय // RECORD #46