कसले हाे ?

समयकाे हाँगाबाट

बेस्सरी धकेलेर

टुप्पोमा पुर्यायाे मलाई ।

मेराे लागि त्याे हाँगा भन्दा

याे टुप्पाे नै सुन्दर छ ।

याे थाहा नपाइ

धकेल्याे जसले

उसलाई जदौ ।

करुणा राई // कविता अभिलेखालय // RECORD #7