काे हुन सक्छ ?

याे चुराेटदानीमा चुराेटसंगै

आधा जिन्दगी छाडि जाने

बतास जस्तै भौतारी हिड्ने

यात्री हुन सक्छ कि ?

हुन सक्छ ?

वर्षौदेखि हराएको प्रियसीलाई

खाेजि हिड्ने पागल प्रेमी

आखिर काे हुन सक्छ

यसरी आफैलाई चुराेटदानीमा कैद गरि जाने ?

करुणा राई // कविता अभिलेखालय // RECORD #25