म रहिन्जेल खुल्ला रहने छ

याे ह्रदय

तिम्रो पर्खाइमा

लाग्छ तिमीलाई पर्खने आँट गरेर

सबभन्दा ठुलाे अपराध गरे

अब नपर्खेर फेरि

अर्काे अपराध गर्न चाहान्न

तिमीलाई थाहा छ ?

कति निश्चल छ याे पर्खाई

तिम्राे अभाव नियाल्दा नियाल्दै

उज्यालाे हराएको हाे याे आँखामा

तिमी हिडि गएकाे

पाइतलाकाे कर्कश आवाज पड्केर

बहिरा भएको हाे याे कान

तिमीलाई थाहा छ ?

वियाेगकाे धमिराले

खाएर मक्किदै गरेकाे याे बैँस

खुब मुस्किलले जाेगाएर

पर्खिरहेको छु तिमीलाई

तिमी जहिले मन लाग्छ आउ

तर आउन चाहिँ आउ

जावाे ! एउटा जिन्दगी न हाे

खियाइदिउला के भाे

तिम्रै पर्खाइमा

करुणा राई // कविता अभिलेखालय // RECORD #16