बिर्सिएर यो भयाबह वर्तमान
माथी माथी कहि पुगुँ लाग्छ
जहाँ मन , मुटु , हृदय केही नहोस
विचार , चेतना , सम्झना केही नहोस
मात्र खोक्रो शरीर होस ।
प्रीयजनहरु छुट्ने गोरेटो नहोस
झुटो कसम खादै पुज्ने देउराली
मायालु मनहरुलाई चुमेर छोड्ने बतास
केही केही नहोस ।
कसैको आँशु चोरेर
नरुझोस झरी आफै
प्रकाश सँग सापटी मागेर
उज्यालो घाम उदाउने पहाड नहोस
सिर्फ एउटा खोक्रो दुनियाँ होस
र
खोक्रो , मात्रै खोक्रो शरीर होस ।
करुणा राई // कविता अभिलेखालय // RECORD #40